८ दिनपछि कीर्तिपुरको जंगलमा मृत अवस्थामा भेटिए एमबीबीएस विद्यार्थी
शनिबार, २५ जेठ २०७६, १६ : ०३

काठमाडौँ । काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव भेटिएको छ । काठमाडौं कोटेश्वरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि वेपत्ता भएका थिए ।
शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपनि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो ।
खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘शव भेटिएको खबर पाएका छौं । आफैँ घटनास्थलतिर जाँदैछु ।’
अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजुसँग घर किनेर यतै बस्दै आएको बताइएको छ ।
केही समयअघि शिशिरले दुर्घटनामा बाबुआमा समेत गुमाएका थिए । डिप्रेसनको बिरामी रहेका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलहरूको बैठक नसकिएकाले प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ
-
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
-
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
छलफल निष्कर्षविहीन भएपछि पेलेरै अघि बढ्ने सत्ता पक्षको सङ्केत
-
अदालत पुग्यो टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा