ऐश्वर्यामाथि विवादित ट्वीटमा विवेकले आफूलाई बचाउन सकेनन्, अन्ततः मागे माफी
विवेक ओबरोयले ऐश्वर्या राय बच्चनमाथि विवादित ट्वीटको विषयमा अन्ततः माफी मागेका छन् । वास्तवमा, एग्जिट पोलपछि एक मिम भाइरल भएको थियो जसलाई विवेकले आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरेका थिए । यो मिममा तीन तस्बिर थिए । एक तस्बिरमा ऐश्वर्या सलमानसँग देखिएकी छिन् । एकमा विवेकसँग र तेस्रोमा अभिषेक र छोरी आराध्यासँग देखिएकी छिन् ।
यो तस्बिरलाई उनले हल्का, फुल्का मुडमा नै सेयर गरेका थिए तर सोसल मिडिया प्रयोगकर्तालाई उनले सेयर गरेको मिम चित्त बुझेन ।
ऐश्वर्या, सलमान, अभिषेकको मिम सेयर गरेर नराम्रोसँग फसे विवेक ओबरोय, पक्राउ गर्न माग
ऐश्वर्याको मिममाथि आक्रोश पोखेकी सोनमलाई विवेक ओबरोयले दिए तगडा जवाफ
यसलाई एक महिलाको अपमान बताइँदै विरोध गरियो । सुरुमा त विवेक आफ्नो बचाउ गरिरहेका थिए । उनले यसले कसैको भावना आहत भएको जस्तो नलागेको बताएका थिए । उनले आफूले गल्ती नै नगरेका कारण माफी नमाग्ने पनि बताएका थिए । तर सायद उनलाई आफ्नो गल्तीको महसुस भयो होला त्यसकारण उनले सोसल मिडियामा माफी मागेका छन् ।
Even if one woman is offended by my reply to the meme, it calls for remedial action. Apologies🙏🏻 tweet deleted.
— Vivek Anand Oberoi (@vivekoberoi) May 21, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण