शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऐश्वर्याको मिममाथि आक्रोश पोखेकी सोनमलाई विवेक ओबरोयले दिए तगडा जवाफ

मङ्गलबार, ०७ जेठ २०७६, ०९ : २०
मङ्गलबार, ०७ जेठ २०७६

विवेक ओबरोयद्वारा सोसल मिडियामा ऐश्वर्या राय बच्चनको नीजि जीवनमाथि बनेको मिम सेयर गरेपछि विवाद नै सुरु भएको छ । जहाँ एकातर्फ फिल्मी सेलिब्रिटीसमेत थुप्रै प्रयोगकर्ताले विवेको आलोचना गरिरहेका छन् । यसमा नायिका सोनम कपुरले पनि विवेकको तिखो आलोचना गरेकी छिन् । सोनमले विवेकको ट्वीटको जवाफ दिँदै यसलाई बकवास र घटिया बताएकी छिन् । यसमा विवेकले पनि आफ्नो जवाफ दिएका छन् ।

सोनम कपुरको प्रतिक्रियामा विवेक ओबरोयले भने, ‘तपाईं आफ्नो फिल्ममा कम ओभर एक्ट गर्नुहोस् र सोसल मिडियामा अझ थोरै ओभर रियाक्ट गर्नुहोस् । म पछिल्लो १० वषेदेखि अहिलेसम्म महिला सशक्तिकरणका लागि काम गरिरहेको छु । मलाई लाग्दैन कि यसले कसैको भावनालाई ठेस् पुर्याएको छ ।’

यसबाहेक ट्वीटरमा एग्जिट पोलसँग जोडिएको मिमलाई पोष्ट गरेपछि उठिरहेको विवादमा विवेक भन्छन्, ‘मैले यो बुझिरहेको छैन कि मानिसहरुले यसलाई निकै ठूलो मुद्दा बनाइरहेका छन् । यो मिम मलाई कसैले पठाएका हुन्, जुन हेर्दा मलाई रमाइलो लाग्यो । मैले क्रिएटिभिटीको तारिफ गरेँ र निकै हाँसे पनि । यदि कसैले ठट्टा गरिरहेको छ भने यसलाई तपाईंले सिरियस भएर लिनु हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप