सरकारले विप्लवमाथि प्रतिवन्ध लगाएपछि काँग्रेसको आयो यस्तो प्रतिक्रिया
काठमाडौ । प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउँदैमा समस्या समाधान नहुने र मुलुकमा शान्ति सुरक्षाको सुनिश्चितता नहुने प्रतिक्रिया दिएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीसँग कुरा गर्दै विप्लवको पार्टीलाई प्रतिवन्ध लगाउँदैमा समस्या समाधान भयो भनेर सोचे त्यो महागल्ती हुने बताए ।
हिजो काँग्रेस लगायत हालका प्रधानमन्त्रीले नेतृत्व गरेको पाटीले यो भन्दा अप्ठेरो अवस्थामा पनि माओवादीलाई विश्वासको वातावरणमार्फत अवतरण गराएको भन्दै प्रवक्ता शर्माले आज दुई तिहाइको सरकारले विप्लवको पार्टीलाई प्रतिवन्ध लगाएर बुद्धिमता नदेखाएको बताए ।
काँग्रेसका अर्का नेता तथा सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रतिवन्ध लगाउँदैमा विप्लव नेतृत्वको पार्टीका गतिविधि बन्द हुन्छ र हत्या आतंक बन्द भएर सामान्य हुन्छ भनेर विस्वास गर्न नसकिने बताए ।
यसअघि सरकारले एक वर्षको कार्यकालमा विप्वलका गतिविधि हेरेर मात्रै बसेको र वार्ताप्रति पनि गम्भीरता नदेखाएको काँग्रेसले आरोप लगाएको छ ।
‘सरकारले वार्ताप्रति गम्भीरता देखाएन । संवैधानिक प्रकृयामा आउन चाहेन भनेर नवोली बस्यो, विप्लवका गतिविधिलाई देखेको नदेख्यै गर्यो । जसका कारण उसका गतिविधि बढे, अन्त्यमा लुटेरा भनेर प्रतिवन्ध नै लगायो, यसले राम्रो संकेत गरेको छैन’, महतले भने ।
यद्यपी संविधान नमान्ने र आतंक मच्चाउनेलाई सरकारले नियन्त्रण गर्नु आफ्नो जिम्मेवारीमा पर्ने काँग्रेस नेता महतकोे भनाई छ ।
यो पनि.........
मुलुक भीडन्तको दिशातिर उन्मुखः प्रमले दिउँसै गरेका थिए प्रतिबन्ध लगाउने संकेत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यासका क्रममा ग्रिनेड विस्फोटः एक सैनिकको मृत्यु, सहसेनानी घाइते
-
सुनसान देखिन थाल्यो रास्वपाको महाधिवेशनस्थल, तस्बिरहरू
-
खाँणका वकिलको जिकिर, ‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’
-
‘परीक्षा बोर्डको नतिजा प्रक्रियामा कुनै त्रुटि छैन, आन्दोलनरत विद्यार्थीमाथि दुर्व्यवहार नगर्नू’
-
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खस्यो, १० जनाले गरेनन् मतदान
-
आफ्नै छोरीलाई जबरजस्ती करणी गरी शिशु गाड्ने बाबु इलामको फिक्कलबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण