विप्लवको पार्टीको पहिलो प्रतिक्रियाः सरकारको निर्णयको प्रतिवाद गर्छौं
मङ्गलबार, २८ फागुन २०७५, २१ : ०२
काठमाडौँ । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले त्यसको प्रतिवाद गर्ने बताएको छ ।
विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराज भुसाले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरकारले आज गरेको निर्णले जनताको सिमित अधिकारमाथि नांगो हस्तक्षेप र षड्यन्त्र गर्यो । पार्टीले यसको प्रतिवाद गर्छ ।’
साथै नेता भुषाले सरकारको यो निर्णयले नेकपालाई कुनै असर नगर्ने दावी गरेका छन् । उनले भने, ‘सरकारको यो निर्णयले हामीलाई कुनै असर गर्दैन । हामी जनताको पक्षमा लड्छौँ ।’
यो पनि पढ्नुहोस...
विप्लव नेतृत्वको समूह अपराधिक संगठन ठहर, सरकारले लगायो प्रतिबन्ध
बम पड्काउनेहरुसँग वार्ता गर्नुको औचित्य छैन: प्रधानमन्त्री ओली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नासाको भावी प्रमुखबाट मस्कका निकट सहयोगी जारेड आइज्याकम्यानको नाम ट्रम्पले लिए फिर्ता
-
परराष्ट्रमन्त्री डा राणा हङकङबाट स्वदेश फिर्ता
-
अमेरिकासँग प्रस्ताव फेर्न आग्रह गर्दै हमास
-
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
-
राइड सेयरिङ तनाव : सरकार-व्यवसायी अडानले मर्कामा यात्रु
-
सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क