विप्लवको पार्टीको पहिलो प्रतिक्रियाः सरकारको निर्णयको प्रतिवाद गर्छौं
मङ्गलबार, २८ फागुन २०७५, २१ : ०२
काठमाडौँ । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले त्यसको प्रतिवाद गर्ने बताएको छ ।
विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराज भुसाले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरकारले आज गरेको निर्णले जनताको सिमित अधिकारमाथि नांगो हस्तक्षेप र षड्यन्त्र गर्यो । पार्टीले यसको प्रतिवाद गर्छ ।’
साथै नेता भुषाले सरकारको यो निर्णयले नेकपालाई कुनै असर नगर्ने दावी गरेका छन् । उनले भने, ‘सरकारको यो निर्णयले हामीलाई कुनै असर गर्दैन । हामी जनताको पक्षमा लड्छौँ ।’
यो पनि पढ्नुहोस...
विप्लव नेतृत्वको समूह अपराधिक संगठन ठहर, सरकारले लगायो प्रतिबन्ध
बम पड्काउनेहरुसँग वार्ता गर्नुको औचित्य छैन: प्रधानमन्त्री ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण