विप्लवको समूह अपराधिक संगठन ठहर, सरकारले लगायो प्रतिबन्ध
मङ्गलबार, २८ फागुन २०७५, २० : २०

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
स्रोतका अनुसार उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।
राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ ।
इतिहासलाई फर्केर हेर्दा २००८ सालमा पनि नेपाल कम्युनिष्ट पार्टीमाथि तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसबेला प्रतिबन्ध लगाइएको घोषणा गरिएको गजेट यस्तो छः