२ करोड ५० लाख धरौटी बुझाएर छुटे गोपाल खड्का
काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख धरौटी तिरेर विशेष अदालतबाट छुटेका छन् ।
खड्कालाई अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय प्रमोद कुमार श्रेष्ठ र नारायण प्रसाद पोखरेलको संयुक्त इजलासले धरौटीमा रिहा गरेको हो ।
सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
खडकाले ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेकोमा उनीमाथि अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ जोडेको भेटिएको अख्तियारले जारी गरेको आरोपत्रमा उल्लख गरिएको थियो ।
र यो पनि...
के सम्बन्ध छ अमिता र गोपाल खड्काबीच ? किन दिए अमितालाई ७ करोड ५४ लाखको सम्पत्ति ? (अमिताको बयानसहित)
उनले आयल निगमको कार्यकारी निर्देशक भैसकेपछिका ६ वर्षमा पुर्ख्यौली बाहेकका ३ वटा घर बनाएको पाइएको छ ।
अख्तियारका अनुसार खड्काले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद समेत गरेका छन् ।
खड्काले घरजग्गा खरिदमा मात्र ११ करोड ६१ लाख ४३ हजार लगानी गरेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा