रातोपाटी फलोअप : उपसमितिले फाइल खोल्यो, लेखा समितिका सभापतिले गाडी फिर्ता गरे
बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाका विभिन्न समितिका सभापति र दलका नेताका लागि खरिद गरिएको टाटा कम्पनीका गाडीमा अनियमितता भएको खबर राटोपाटी अनलाइनमा प्रकाशित भएपछि छानविन समिति गठन गरेर काम शुरु गरिएको छ ।
शुक्रबार सार्वजनिक लेखा समितिले अनियमितताबारे छानबिन गर्न उपसमिति गठन गरेको थियो । उपसमितिले आजदेखि काम थालेको छ ।
प्रदेश सरकार र संसदले यस आर्थिक वर्षमा खरिद गरेका सवारी साधनका सम्वन्धमा छानबिन गर्न गठन भएको उपसमितिको आज बसेको पहिलो बैठकले उपलव्ध काजपत्रको अध्ययन गरेको छ ।
पहिलो बैठकमा मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषदको कार्यालयदेखि प्रदेशका सबै मन्त्रालय र प्रदेशसभा सचिवालयले पठाएका सवारीसाधन खरिदसम्बन्धी फाइल खोलिएको हो ।
नेकपाका सांसद कुलप्रसाद पोखरेलको संयोजकत्वमा वनाइएको उपसमितिमा काँग्रेस सांसद वैजनाथ कलवार र राजपा सांसद कल्पना पाण्डे सदस्य रहेका छन् ।
बैठकको सुरुमा नै संयोजक पोखरेलले मन्त्रालय र सचिवालयबाट प्राप्त पत्र तथा फाइल खोल्दै सवारी साधन खरिद प्रकरणमा उठेका विषयको यथार्थ विवरण छिट्टै तयार गर्ने बताए । उनले आवश्यक परे विज्ञहरुसंग समेत छलफल र परामर्श गर्ने बताए ।
प्रदेश ५ को संसद तथा सरकारले यस आर्थिक वर्षमा करिव २३ करोड मूल्यको सवारी साधन खरिद गरेको छ ।
जसमा प्रदेश सभाको लागि १३ वटा गाडी करिव ८ करोडमा खरिद गरिएको थियो । बजारमूल्य भन्दा बढीमा खरिद भएको र एक महिनामा नै बिग्रन थालेपछि ठूलो आर्थिक घोटाला भएको आशंकासहितको रातोपाटीले समाचार प्रकाशित गरेको थियो ।
हेर्नुहोस् समाचार.....
प्रदेश ५ को गाडी खरिदमा घोटाला : एक महिनामै बिग्रिए गाडी
गाडी फिर्ता गरेर सभापति ट्याक्सीमा सरर
आफूले चढेको नयाँ गाडी बिग्रन थालेपछि सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले गाडी प्रदेश संसद सचिवालयलाई फिर्ता गरेका छन् । हिजो समितिको बैठक बस्नु अगाडि नै आफ्नो गाडी फिर्ता गरेका उनी अहिले ट्याक्सीमा हिँड्न थालेका छन् ।
उनका लागि प्रदेशसभाले एक महिनाअघि लु १ झ ४४१ गाडी उपलब्ध गराएको थियो । तर, गाडी ५ हजार किलोमटिर पनि नचल्दै गाडीको सकर भाँचिएको थियो ।
चौधरीले गाडीको साँचो संसद सचिवालय जिन्सी शाखाका अधिकृत कृष्णप्रसाद गौतमलाई हस्तान्तरण गरेको प्रदेश सभाका सचिव दुलव कुमार पुन मगरले बताए।
उनले फिर्ता गरेको गाडी अहिले सचिवालय मै रहेको मगरको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङका ग्रामथान गाउँपालिका अध्यक्ष पदका यी हुन् १६ उम्मेदवार (नमुना मतपत्रसहित)
-
सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयरसहित ५ जना भ्रष्टाचारमा दोषी ठहर
-
विपन्नलाई ठण्डीबाट बचाउन पूर्वतयारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पाकिस्तानमा प्रहरी र इमरान खानका समर्थकबिच झडप
-
सिड्नीमा सत्य–स्वरूपको सांगीतिक साँझ हुने
-
यी हुन् उपनिर्वाचनमा भाग लिएका ३७६ जना उम्मेदवार (सूचीसहित)