विदेशी रेसलरले उचालेर पछारेपछि राखी भन्छिन्, ‘तनुश्रीले गराइन् यो सब, अब उसलाई छोड्दिनँ’
राखी सावन्तको अभिव्यक्तिले दर्शकलाई धेरैजसो चकित तुल्याइरहेकै हुन्छ । आइतबार विदेशी रेसलरबाट पिटाइ खाएपछि चर्चामा छाएकी राखीले यो मामलाबारे यस्तो अभिव्यक्ति दिएकी छिन् जुन निकै रोचक छ ।
राखी सावन्तले आफ्नो इन्स्टाग्राम पोष्टमार्फत यो पूरा मामला तनुश्रीको षड्यन्त्र भएको बताएकी छिन् ।
राखीले एउटा भिडियो सेयर गरेकी छिन् । उक्त भिडियोमा राखी भन्छिन्, ‘म त नाच्न गएकी थिएँ । तर ती रेसलर पागल भइन् । म रेसलर त होइन । यो सबै उसले तनुश्रीको आदेशमा गरेकी हुन् ।’
राखीले तनुश्री दत्तामाथि आरोप लगाउँदै भनिन्, ‘उनले म नाच्न नसकोस् भन्ने चाहन्छिन् । उनले रेसलरलाई यो काम गर्नका लागि पैसा दिएकी छिन् ।’
विदेशी रेसलरले राखी सावन्तलाई उचालेर पछारिन्, अस्पताल भर्ना (फोटोफिचर)
स्मरण रहोस्, घाइते भएपछि राखीलाई चन्दीगढको जिरकपुरस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । यद्यपी, उनी त्यहाँबाट डिस्चार्ज भइसकेकी छिन् ।
अस्पतालमा भर्ना हुँदा राखीले हरियाणाको एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘अब तनुश्रीलाई छोड्दिनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण