केन्द्रीय संस्करण

विदेशी रेसलरले राखी सावन्तलाई उचालेर पछारिन्, अस्पताल भर्ना (फोटोफिचर)

person explore access_timeकात्तिक २६, २०७५ chat_bubble_outline0

भारतको पंचकूलाको सेक्टर ३ स्थित ताऊ देवी लाल खेल परिसरमा आयोजित सिडब्ल्यूईको ब्यानर राखिएको रेसलिङको बिग फाइटमा अभिनेत्री राखी सावन्तले एक विदेशी महिलालाई चुनौती दिँदा ठूलो मूल्य चुकाउनु परेको छ । विदेशी महिला रेसलरले राखी सावन्तलाई रिंगमा उचालेर पछारिन् जसका कारण उनलाई चोट लाग्यो र अस्पताल पुर्याउनु परेको बताइएको छ  ।

आइतबार बिग फाइटको क्रममा महिला रेसलरको पनि प्रतिस्पर्धा राखिएको थियो । विदेशी महिला रेसलर रेवलले फाइट जितेपछि कोही भारतीय महिलामा दम छ भने आफूसँग प्रतिस्पर्धा गर्न खुल्ला रुपमा चुनौती दिइन् तर यसका लागि कोही महिला तयार भएनन् ।

त्यसपछि राखी सावन्त स्टेजमा आइन् र महिला रेसलरलाई च्यालेन्ज दिँदै भनिन्, ‘यदि तिमीसँग दम छ भने मसँग डान्स गरेर देखाउ ।’ त्यसपछि दुबैबीच प्रतिस्पर्धा सुरु भयो ।

राखी सावन्तको डान्स देखेर मानिसहरु हुटिङ गर्न थाले । त्यतिबेला राखी सावन्तले महिला रेसलरलाई जिस्काइन् । राखीको व्यवहारले महिला रेसलर रिसाइन् र उनलाई उचालेर पछारिन् ।

त्यसपछि राखी सावन्त चिच्याउन थालिन् । बाउन्सर रिंग भित्र आएर राखीलाई तुरुन्त उठाए ।

राखीले आयोजकलाई पिठ्युँ र पेटमा निकै दुखेको बताएपछि उनलाई तुरुन्त अस्पताल पुर्याइयो ।

अहिले राखीको स्थिती ठिक बताइएको छ । उनको उपचार अझै चलिरहेको न्यूज एटिनले जानकारी दिएको छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...