सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–३ : सिटी यातायातका यात्रुले के महसुस गरे ?
स्थान – जोरपाटी
समय – ९ः४०
यातायात – सिटी यातायात
गत शुक्रबारदेखि रातोपाटी संवाददाता अञ्जु तामाङ र फोटो पत्रकार सुवास श्रेष्ठले सरकारले सिन्डिकेट अन्त्यको घोषणापछि सार्वजनिक यातायातमा यात्रुले सहजता महसुस गरे–नगरेको जान्ने कोसिस गरेका छन् । उनीहरूले काठमाडौंका सबैजसो रुटमा ‘रियालिटी टेस्ट’ गर्ने छन् ।
शुक्रबार उनीहरूले टिचिङ अस्पताल महाराजगञ्जको बस स्टपबाट नयाँ बानेश्वरसम्म नेपाल यातायातको यात्रा गरेर ‘रियालिटी टेस्ट’ गरेका थिए, जहाँ नेपाल यातायातका यात्रुले सिन्डिकेटको अन्त्यपछि पनि यात्रुलाई कुनै फरक नपरेको बताएका थिए ।
आइतवार ‘रियालिटी टेस्ट’ भएको थियो साँझा यातायातको । संवाददाता तामाङ र फोटो पत्रकार श्रेष्ठले आइतवार गोंगबुबाट ललितपुरको पुल्चोकसम्मको साझा यातायातको यात्रामा निकै भीड देखे । सिन्डिकेट अन्त्यपछि पनि यहाँ यात्रुहरुले सहज रुपमा यात्रा गर्न पाएका छैनन्, पहिला जस्तो थियो, त्यस्तै अबस्था छ ।
‘रियालिटी टेस्ट’अन्तगर्त सोमवार अर्थात आज रातोपाटी संवाददाता तामाङ र फोटो पत्रकार श्रेष्ठले सिटी यातायातको यात्रा गरेर यात्रुहरूसँग कुराकानी गरेका छन् । नामगेल, जोरपाटी, बौद्ध, चावहिल, गौशला, रातोपुल, कमलपोखरी, पुतलीसडक, बागबजार, रत्नपार्क हँुदै कालिमाटीसम्म सञ्चालन हुने सिटी यातायातमा हामी उनीहरु जोरपाटीदेखि चढे ।
बसमा सिट पाउने त सम्भावना नै भएन । रिपोर्टिङका लागि निकै हम्मेहम्मे पर्यो । भिडभाड थियो गाडी । सिन्डिकेट हटेपछि पनि सिटी यातायातको सेवामा कुनै पनि परिवर्तन भएको पाइएन ।
जोरपाटीदेखि रत्नपार्कसम्मको यात्रा निकै सकसपूर्ण देखियो । अझैसम्म यात्रुले सार्वनजिक यातायातमा सहजता पाएका छैनन् भन्ने कुरा सिटी यातायातमा पनि देखियो ।
अब यात्रुकै कुरा पढ्नुहोस्
आरती मैनाली
केको परिवर्तन पाउनु नि ।
केहीछिन् अघि बसमा दुई हात समाएर झुन्डिएको तपार्इंले पनि देख्नुभयो होला ।
हिजो नयाँ बस्तीबाट पुलती सडकसम्म निलो माइक्रो चढेको २५ रुपियाँ लियो ।
अस्ती—अस्ती त २० रुपियाँ लिने गरेको थियो ।
म पुतली सडकको कन्सलटेन्सीमा काम गर्छु ।
धेरैजसो उभिएर जान्छु ।
घर आउने समयमा बस नपाउँदा पुतलीसडकदेखि कमलपोखरीसम्म हिँडेर आउने गर्छु ।
सिट पाउने त परैको कुरा हो, उभिएर जान पनि बस पाइन्न ।
गुल्फाम अन्सारी
म अहिले ब्रिज कोर्सको तयारी गरिरहेको छु ।
त्यसका लागि बौद्धदेखि बागबजार हिँडेको हुँ ।
तर सिन्डिकेट हुँदा र नहुँदामा कुनै फरक पाएको छैन । पहिलाभन्दा अहिले झन् गाह्रो भएको छ ।
रूपक कुँवर
म पनि ब्रिज कोर्सकै तयारी गर्दै छु । चावहिलदेखि सिटी यातायातमा झुन्डिएर बागबजार जाँदै छु ।
सिन्डिकेट हटेपछिको कुरा गर्ने हो भने नोटिस गर्ने खालको कुनै पनि परिवर्तन मैले पाइनँ ।
झुन्डिएर यात्रा गर्नुपर्छ । दैनिक समस्या जस्ताको त्यस्तै छ । नभएको परिवर्तनको कुरा गरेर फाइदा छैन ।
निमा शेर्पा
म बौद्धदेखि सिटी यातायातमा चढेको हुँ ।
२० मिनेटको पर्खाइपछि बल्ल बस आयो ।
त्यो पनि भिडाम भिड थियो ।
तोकेको समयको आसपासमा पुग्नका लागि ३० देखि ४५ मिनेट पहिला नै घरबाट निस्कनुपर्छ ।
म पीके कलेजमा थेसिसका लागि जान लागेको हुँ ।
सार्वजनिक यातायातमा यात्रा गर्न निकै गह्रो छ, सधैँ झण्डिनुपर्ने ।
कुनै कुनै बसमा त सहचालकले यात्रुलाई गर्ने व्यहार पनि राम्रो हुन्न ।
बौद्धदेखि पुतलीसडकसम्मको भाडा २२ रुपियाँ हो तर मलाई २५ रुपियाँ लिन्छ ।
भाडा दर देखाऊ भन्दा पनि देखाउन मान्दैनन् ।
उनीहरूले मागेको जति भाडा दिएन् भने बसबाट झारिदिन्छन् ।
तँलाई मन लाग्दैन भने बस नचढ्दा हुन्छ भन्छन् ।
सार्वजनिक यातायातमा यात्रा गर्दा धेरै पकट सहचालकसँग झगडा गर्नुपरेका छ ।
सिट त झुक्किएर केहिलेकाहीँ मात्र पाइनछ ।
आज पनि उभिएरै यात्रा गर्नुपरेको छ ।
पढ्नुहोस्
सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–१ : नेपाल यातायातमा यात्रुलाई सहज भयो त ?
सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–२ : साझा यातायातमा यात्रुलाई केही सहजता भयो कि भएन ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य