शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–१ : नेपाल यातायातमा यात्रुलाई सहज भयो त ?

शुक्रबार, ११ जेठ २०७५, ११ : ४०
शुक्रबार, ११ जेठ २०७५

समय– बिहान ठीक नौ बजे ।

स्थान– टिचिङ अस्पताल, महाराजगञ्जको बस स्टप ।

यातायात– नेपाल यातायात

सधैँ भीडभाड देखिने नेपाल यातायातमा सरकारले दाबी गरेको सिन्डिकेट हटेपछि केही सुधार आए होला ?

रातोपाटी संवाददाता अञ्जु तामाङ र फोटो पत्रकार सुवास श्रेष्ठले सार्वजनिक यातायातमा यात्रुले सहजता महसुस गरे–नगरेको जान्ने कोशिस गरेका छन् ।

उनीहरूले काठमाडौंका सबैजसो रुटमा ‘रियालिटी टेस्ट’ गर्ने छन् ।

यही क्रममा आज उनीहरूले टिचिङ अस्पताल महाराजगञ्जको बस स्टपबाट नयाँ बानेश्वरसम्म नेपाल यातायातको यात्रा गरे ।

नेपाल यातायातमा पहिलाजस्तै भीडभाड देखियो ।

यात्रुहरू कोचाकोच गरेर बस चढे ।

माधव भट्टराई आफ्नो दैनिक काम काजको लागि टिचिङ अस्पताल महाराजगञ्जको बस स्टपबाट नयाँ बानेश्वारको यात्राका लागि सार्वजनिक नेपाल यातायात चढे ।

पाका उमेरको देखिने भट्टराईलाई काठमाडाँै उपत्यकामा सार्वजनिक यातायातमा यात्रा गर्दाको पीडा राम्रोसँग थाहा छ ।

यात्राका क्रममा हामीसँग कुराकानी गर्दै उनले भने– सिट पाउने दिन भनेको निकै कम हुन्छ, नत्र उभिएरै यात्रा गर्ने हो ।

सैद्धान्तिक रूपमा सिन्डिकेट हटे पनि व्यावहारिक रूपमा भने लागू भएको छैन ।

पहिला र अहिले कुनै पनि परिवर्तन भएको छैन ।

व्याहारिक हिसाबमा सिन्डिकेटको महसुस मैले गर्न पाएको छैन ।

सिन्डिकेट त हटायो तर अझै व्यावहारिक हुन सकेको छैन ।

खै बीचमा गएर काम रोकिएको हो वा पहिलाको जस्तै हुन थालेको हो, केही थाहा भएन । यतिका समयपछि काममा एउटा सङ्केत आउनुपर्ने हो ।

त्यस्तो कुनै किसिमको महसुस भएको छैन ।

कारण सिन्डिकेट हटेपछि सास्ती खेप्नुपर्दैन होला भन्ने आशा थियो । तर सिन्डिकेट हटेको एक महिना पुग्दा पनि भने खासै परिवर्तन भएन ।

बुद्धि तिवारी, यात्रु
नामको मात्रै सिन्डिकेट हटाएको भन्दै सम्बन्धित निकायसँग आक्रोशित भए । 

तिवारीले नेपाल यातायातमै कुरा गर्दै भने– नामको मात्रै सिन्डिकेट तोडेको जस्तो लाग्यो ।

काम नै गर्ने हो भने यतिका समयसम्ममा केही परिवर्तन देखिइसक्नु पर्ने हो ।

तर सार्वजनिक यातायातको सेवा सुविधामा कुनै पनि परिर्वतन भएको छैन ।

सवारी साधान थप्नुपर्ने हो ।

तर पहिला जति थिए त्यति नै सवारी साधन छन् ।

त्यसैले सिन्डिकेट तोडिए पनि यात्रुले राहत  महसुस गर्न पाएका छैनन् ।

चालकको पनि गुनासो
सिन्डिकेट हटेको विषयमा चालकको पनि गुनासो छ ।

सुवास तामाङले चालकको काम गरेको १४ वर्ष भयो ।

सिन्डिकेट हुँदा र नहुँदाको अनुभव उनीसँग छ ।

अहिले सुवासलाई सिन्डिकेट हँुदा नै राम्रो थियो भन्नेमा छन् ।

‘केही परिवर्तन भएको छैन्, झन् गाह्रो छ । पार्किङमा गाढी नै राख्न दिँदैन ट्राफिकले लखेटेको लखेटेकै गर्छ ।’ पहिला ६ महिना अगाडि कुरा सम्झँदै उनी भन्छन्, ‘पार्किङमा पालैपालो यात्रु कुर्ने चलन थियो तर अहिले २ मिनेट पनि बस्न दिँदैन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप