नेकपाको सचिवालय बैठक : केन्द्रीय कमिटीको अनुमोदनदेखि कार्यदल गठनसम्मका निर्णय (भिडियो)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो ।
यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ ।
४ सय ४१ केन्द्रीय कमिटीमा तात्कालिन एमालेबाट २ सय ४१ र माओबादीबाट २ सय जना छन् ।
त्यसैगरी यस बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ ।
उक्त कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, बैठकले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरु रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ ।
त्यसैगरी, जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज गठन भएका सबै कार्यदललाई १५ दिनको म्याद दिइएको छ भने केन्द्रीय कार्यालय धुम्बाराही वा पेरिसडाँडाका कार्यालयमध्ये एकलाई कायम गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयभित्र निर्णय लिने छन् ।
बैठकले नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी, बैठकले नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । एमाले र माओवादी केन्द्रको यही जेठ ३ गते एकीकरण भएको थियो ।
नेकपाको सचिवालय बैठकद्वारा तीन समिति गठन, पार्टी कार्यालयबारे यस्तो निर्णय
पूर्व एमालेबाट एकीकृत पार्टीका २४१ केन्द्रीय सदस्य फाइनल (नामावलीसहित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’