शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्व एमालेबाट एकीकृत पार्टीका २४१ केन्द्रीय सदस्य फाइनल (नामावलीसहित)

आइतबार, ०६ जेठ २०७५, १३ : ५५
आइतबार, ०६ जेठ २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । 

एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन माओवादी केन्द्रसँग भएको सहमतिअनुसार ४४१ सदस्सीय केन्द्रीय समितिमध्ये २४१ सदस्य भाग पाएको थियो । जसअनुसार एमालेले तत्कालिन केन्द्रीय समितिमा रहेका सदस्य र हाल ४५ जना थप गरी २४१ जनाको नाम टुंगो लगाएको हो । 

महोत्तरीका सरोज यादवले आफु केन्द्रीय सदस्यमा सथप लिइसकेको नेता हुन् । प्राविधिक कारणबस सूचिमा उनको नाम छुटेको थियो । (सच्चाइएको छ)

सूचिको २३७ नम्वरमा प्रमोदनाराण यादव हुनुपर्नेमा शाह भएकाले सच्चाइएको छ । 
 

पूर्व एमालेको स्थायी समितिले ४१ सदस्यको नाम टुङ्ग्याउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । सोहि अनुसार ४५ जनाको नाम टुंगो लगाएसँगै तत्कालिन एमालेले भागमा पाएको सबै केन्द्रीय सदस्यको सूची टुंगो लागेको हो । 

तत्कालिन एमालेबाट टुंगो लगाइएको नाम अब एकीकृत पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डले अनुमोदन गर्नुपर्ने बताइएको छ । 

यसैबीच तत्कालीन माओवादीको केन्द्रको भागमा परेको २०० केन्द्रीय सदस्य मध्ये ८४ जनाको नाम तय भएका छन् ।

एकीकृत पार्टीका लागि तत्कालीन माओवादीका ८४ केन्द्रीय सदस्य तय (सूचि), ११६ को खोजी

माओवादी केन्द्र हुँदा सचिवालयमा रहेका ८४ जना स्वत केन्द्रीय सदस्य भएका हुन् । त्यसबाहेक अन्य ११६ जना छान्ने काम जारी छ ।

अर्थमन्त्री अब नेकपाको केन्द्रीय सदस्य, अरु को-को परे ?

तत्कालीन माओवादी केन्द्रले आज ११६ जनाको नाम टुंगाउने तयारी गरेको छ ।

तत्कालीन माओवादीले एकीकृत पार्टीको स्थायी र केन्द्रीय समिति सदस्य आज टुंगाउँदै

दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो । 

नेकपामा स्थायी कमिटीका ४५ जनामा तत्कालीन एमालेबाट २६ र माओवादीबाट १९ जना रहनेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप