बाकु डायरी–२ : १२ करोड वर्ष पूरानो जनावरसँग जम्काभेट (फोटोफिचर/भिडियो)

विधान श्रेष्ठ/एसके यादव
काठमाडौँ । अजरबैजानको बाकु शहरमा हसनबे जरदाबी न्याचुरल हिस्ट्री म्युजियम रहेको छ ।
वरिष्ठ पत्रकार हसन बे जरदाबीको नाममा बनेको यो संग्राहलयमा प्राचिनकालका जनावरहरुको कंकालदेखि विभिन्न प्रकारका ढुंगाहरु हेर्न पाइन्छ । यहाँ १४ सयभन्दा बढी प्रकारका वस्तुहरु हेर्न पाइन्छ ।
यस संग्राहलयको मुख्य आकर्षण भनेको क्रेटासियस कालखण्डमा पाइने इच्थाइयोसोरको दाँत हो । संग्राहलयका अधिकारीहरुका अनुसार यो जनावर १२ करोड वर्ष अघि पृथ्वीमा पाइन्थ्यो । अहिले भने यो लोप भइसकेको छ ।
त्यस्तै साउर्दन इलिफेन्ट (हात्ती) को कंकालहरु पनि त्यहाँ देख्न पाइन्छ । सो हात्ती अजरबैजानमा ६ लाख वर्ष अघि पाइन्थ्यो ।
संग्राहलयमा विभिन्न जनवारहरुलाई जीवन्तरुप दिएर सजाएर पनि राखिएको छ ।
त्यसमा ४१ प्रकारका स्तनधारी प्राणी, ११० प्रकारका चराचुरुङ्गी, २ प्रकारका सरिसृप, १०७ प्रकारका किरा, २२ प्रकारका विरुवाहरु रहेका छन् ।
बाकु डायरी : मुस्लिम राष्ट्रमा ‘ॐ’ को जप (फोटोफिचर)
त्यस्तै, प्राचिनकालमा अजरबैजानमा पाइने घोडा, जरायो लगायतका जनावरहरुको कंकालहरु पनि राखिएको छ । ती जनवारहरु अहिले अजर बैजानमा पाइदैनन् ।
अजरबैजानको बाकु शहर घुम्न जाँदा पुग्नुपर्ने ठाउँहरु मध्येको एक यो संग्राहलय पनि हो । विशेष गरेर जीवविज्ञानमा रुची राख्नेहरु तथा विद्यार्थीहरुलाई यो संग्राहलय रोचक लाग्न सक्छ ।
कसरी पुग्न सकिन्छ बाकु शहर ?
आफै अजरबैजानको बाकु सहर जाने योजना बनाउँदा निकै महङ्गो पर्न सक्छ । तर, पछिल्लो समय नेपालको ट्राभल कम्पनीहरुले निकै सस्तोमा टुर प्याकेजहरु बनाएका छन् । कान्तिपुर होलिडेजबाट मात्र रु. ५९ हजार ९९९ मा चार रात र पाँच दिनका लागि बाकु शहर घुम्न सकिन्छ । यसमा पाँच तारे होटलमा बस्नेदेखि बाकु सहरमा पर्यटकीय स्थल घुमाउने योजना समावेश रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा राठौर र साउदले गुट परिवर्तन गरेका हुन् ?
-
स्कुटर चोरीमा संलग्न पक्राउ
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत