आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रभु साहले आफ्नो पार्टीमा नाम राखेकोमा किरण साहको आपत्ति

बिहीबार, १४ पुस २०७९, १८ : ४९
बिहीबार, १४ पुस २०७९

नेकपा एमाले छाडेर स्वतन्त्र सांसद भएका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन् । पार्टीले बिहीबार सार्वजनिक गरेको विभाग गठनको नामावलीप्रति किरण साहले आपत्ति जनाएका छन् । 

रौतहटबाट स्वतन्त्रमा जितेका किरण साहको नाम संसदीय विभागमा राखिएको छ । त्यसप्रति सांसद साहले आपत्ति जनाएका छन् । उनले आम जनता पार्टीमा आफ्नो नाम आफूलाई सोध्दै नसोधी राखेको बताए । 

आफूलाई आम जनता पार्टीसँग कुनै सरोकार नरहेको बताउँदै उनले त्यो पार्टीमा आफ्नो नाम राखेर बदनाम गर्न खोजेको बताए । आफू तत्कालै कुने दलीय राजनीति नगर्ने समेत उनले बताए ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप