आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ पार्टी बनाउन प्रभुलाई बद्री न्यौपानेको साथ, अमरेश छुटे

बिहीबार, १४ पुस २०७९, १७ : २९
बिहीबार, १४ पुस २०७९

नयाँ पार्टी निर्माणका लागि प्रभु साहलाई ब्रदी न्यौपानेले साथ दिएका छन् । न्यौपाने तत्कालीन चुरे भावर पार्टीको हुँदै एमालेको राजनीतिमा सक्रिय थिए भने चुनाव अगाडि एमाले छाडेर निष्क्रिय थिए ।  एमालेले जसपासँग चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले एमाले छाडेको घोषणा गरेका थिए । न्यौपाने उनै हुन्, जसले तत्कालीन समयमा मधेसी जनअधिकार फोरमलाई कडा टक्कर दिएका थिए । 

न्यौपानेले प्रभुलाई नयाँ पार्टी बनाउन सहयोग गर्दा प्रभुकै अभियानमा रहेका भनिएका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भने साथ दिएनन् । उनले साहको पार्टीमा कुनै संलग्नता नरहेको स्पष्ट गरे । यसअघि साह र उनी निकटस्थले साहको पनि नयाँ पार्टीमा सहभागिता रहने प्रचार गर्दै आएको थियो । ​साहको पार्टीमा न्यौपाने बागमती र गण्डकी प्रदेश इन्चार्ज रहेका छन् । 

रौतहट ३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा बिहीबार आम जनता पार्टी गठन गरेका हुन् ।  बिहीबार राजधानी भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ । 

आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको साहले जानकारी दिए ।  

पार्टीको प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल रहेका छन् भने इन्चार्जमा रामप्रित राम रहेका छन् । यस्तै मधेस प्रदेशमा श्रीचम मुखिया अध्यक्ष र इन्चार्ज उपेन्द्र साह रहेका छन् भने बागमतीमा नाम्गेल मोक्तान अध्यक्ष र बद्री न्यौपाने इन्चार्ज छ । 

यसैगरी गण्डकी प्रदेशमा राजन यादव अध्यक्ष र इन्चार्ज बद्री न्यौपाने नै रहेका छन् भने लुम्बिनीमा परमानन्द बर्मा अध्यक्ष र रितादेवी यादव इन्चार्ज छन् ।  यस्तै कर्णालीमा सियाराम कुश्वाहा अध्यक्ष र इन्चार्ज उपेन्द्र साह रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा केशव राय चौधरी र इन्चार्ज कुन्दन कुश्वाहा रहेका छन् ।  सो पार्टीले विभिन्न जनवर्गीय संगठन तथा विभाग पनि बनाएको छ ।

रौतहट ३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा बिहीबार आम जनता पार्टी गठन गरेका हुन् । बिहीबार राजधानी भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ । 

आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको साहले जानकारी दिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप