सशस्त्रबाट कार्यविधि विपरीत खटिएका ८५ जना सुरक्षाकर्मी फिर्ता
बिहीबार, १४ पुस २०७९, १८ : ४१

कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सशस्त्र प्रहरीका कर्मचारी धमाधम फिर्ता हुन थालेका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका सुरक्षा अधिकारीहरू फिर्ता भएका हुन् ।
बलम्बुस्थित ९ नम्बर बाहिनी र हेडक्वार्टरबाट खटिएका ८५ जना सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले मापदण्डभन्दा विपरीत खटिएका सुरक्षाकर्मीहरू फिर्ता आउने क्रम जारी रहेको जानकारी दिए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका