सशस्त्रबाट कार्यविधि विपरीत खटिएका ८५ जना सुरक्षाकर्मी फिर्ता
बिहीबार, १४ पुस २०७९, १८ : ४१
कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सशस्त्र प्रहरीका कर्मचारी धमाधम फिर्ता हुन थालेका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका सुरक्षा अधिकारीहरू फिर्ता भएका हुन् ।
बलम्बुस्थित ९ नम्बर बाहिनी र हेडक्वार्टरबाट खटिएका ८५ जना सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले मापदण्डभन्दा विपरीत खटिएका सुरक्षाकर्मीहरू फिर्ता आउने क्रम जारी रहेको जानकारी दिए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले ल्यायो ३३ अर्ब ९९ करोडको बजेट, के छन् बजेटका प्राथमिकता ? (पूर्णपाठ)
-
सुदूरपश्चिम प्रदेशको बजेट भाषणमा ढिलाइ
-
लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि ५ अर्ब ५२ करोड विनियोजन
-
काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)
-
बागमतीमा खानेपानी र सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

