माओवादीको बटमलाइन : पहिलो चरणमा नेतृत्व नत्र बाहिर !
नेकपा माओवादी केन्द्रले पहिलो चरणमा नै नयाँ सरकारको नेतृत्व पाउनुपर्ने आफ्नो अडानलाई नै गठबन्धनमा सहमतिको बटमलाइन बनाउने भएको छ । शनिबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई पहिलो चरणमा सरकारको नेतृत्व दिन नेपाली कांग्रेस सकारात्मक नदेखिएपछि माओवादी ‘अप्रिय’ निर्णय लिन बाध्य हुनसक्ने ‘मुड’ मा पुगेको बैठकमा सहभागी एक नेताले बताए ।
कांग्रेसले माओवादीलाई सरकारको नेतृत्व नदिएर पूर्व समझदारी पालना नगरेर धोका दिएको बुझाइ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रहेको ती नेताको भनाई छ । ‘चुनाव अघि नै कांग्रेस सभापति देउवाले पहिलो चरणमा माओवादीलाई नेतृत्व दिने मौखिक समझदारी गर्नुभएको थियो । तर अहिले जनमतको आधारमा आलोपालो गरौँ भन्ने कांग्रेसको प्रस्ताव आएको छ । यो त सरासर धोका भयो । कांग्रेस आफ्नो बचनमा इमानदार भएन,’ ती नेताले भने ।
प्रधानमन्त्री देउवाले अहिले पार्टीभित्र समस्या पर्‍यो भन्दै पहिले आफूले नै नेतृत्व गर्नुपर्ने बताउन थालेको ती नेताले सुनाए । ‘भोलि सहमति हुने आशा झिनो छ । तैपनि एकपटक बसौँ भन्ने छ । अब बिहान बस्ने बैठकमा वारपार हुन्छ,’ उनले पहिलो चरणमा नेतृत्व नपाए कुनै पनि हालतमा सरकारमा नजाने स्पष्ट पारे ।
यता, माओवादीका शीर्ष तहका नेताहरूले नेकपा एमालेसँग पनि संवादलाई तीव्र पारेका छन् । सत्तारुढ गठबन्धन टुटेको खण्डमा एमालेसँग मिलेर भए पनि सरकार बनाउने प्रयासमा केही माओवादी नेताहरूले कसरत जारी राखेका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि माओवादीलाई मिलेर सरकार गठन गर्नका लागि अफर गरेको तर्फ सङ्केत गरेका थिए । तर, माओवादी अध्यक्ष प्रचण्डले समयमा नै निर्णय नगरेका कारण उनको प्रधानमन्त्री हुने सम्भावना समाप्त भएजस्तो आफूले देखेको ओलीको जिकिर थियो ।
‘गठबन्धनबाट बाहिरिए पछि स्वाभाविक रूपमा विभिन्न विकल्पहरूमा छलफल हुन्छन् । तर, हामी यसपटक प्रतिपक्षमा नै बस्न पनि तयार छौँ । फेरि धोका खाएर लुखुरलुखुर सरकारमा जाँदैनौँ,’ ती माओवादी नेताको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी