कहाँ छन् नवराज सिलवाल ? विमानस्थलबाट बाहिरिएको रेकर्ड भेटिएन
काठमाडौँ– महानगरीय प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीलाई ‘नवराज सिलवाललाई तत्काल पक्राउ गरेर उपस्थित गराइदिन’ पत्र काटेसँगै नेपाली मिडियामा एउटा समाचार भाइरल भयो, ‘सिलवाल मलेसिया उडे ।’
सरकारी समाचार एजेन्सीले पनि मलेसिया उडेको समाचार लेखेको थियो ।
तर, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको रेकर्डमा पूर्व डीआईजी एवं एमालेका सांसद नवराज सिलवाल एयरपोर्ट बाहिरीएको तथ्य खुल्न सकेको छैन ।
त्रिभुवन विमानस्थल स्थित अध्यागमन कार्यालयमा कार्यरत एक अधिकृतका अनुसार गएको अक्टोबर ४ मा कुनै देशबाट नेपाल आएका सिलवाल त्यसपछि हवाइमार्ग हुँदै विदेश गएका छैनन् ।
अध्यागनका ती अधिकृत भन्छन्, ‘मङ्गलबार र बुधबार ७ जना सिलवाल थरका मान्छे विदेश गएका छन्, तर उहाँको नाम देखिँदैन ।’
त्यसो भए कहाँ गए त सिलवाल ?
उनका निकटस्तहरूले सिलवाल मलेसियाको क्वालालाम्पुरमा आयोजित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इस्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेन्ट विथ स्पेसियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन गएको दाबी गरेका छन् ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सिलवालमाथिको कारवाही अगाडि नबढाए सरुवा गर्ने चेतावनी दिएको सूचना पाएपछि सिलवाल भारतको बाटो हुँदै क्लालालाम्पुर गएको हुनसक्ने बताइएको छ ।
प्रहरी महानिरीक्षक अर्यालले काठमाडौँ प्रहरी प्रमुखलाई तत्काल पक्राउ गर्न आदेश गरे पनि उनले सिलवाल ललितपुरको गोदावरीमा बस्ने हुनाले आफ्नो कार्यक्षेत्रमा नपरेको भन्दै ललितपुर प्रहरीलाई पत्राचार गरेका थिए ।
उनले बोक्ने गरेको मोबाइल स्विच अफ छ ।
यसैबीच, काठमाडौँ प्रहरीपत्र प्राप्त गरेसँगै ललितपुर प्रहरी प्रमुख (एसएसपी) गणेश ऐरले आफू कानुनअनुसार नै अगाडि बढ्ने बताएका छन् ।
यस्तो छ, सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले लेखेको पत्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
नेपाल–चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित