यस्तो छ, सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले लेखेको पत्र
काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्व डिआईजी एवम् नवनिर्वाचित सांसद नवराज सिलवाललाई उपस्थित गराउनका लागी ललितपुर प्रहरीलाई लेखेको पत्र सार्वजनिक भएको छ ।
रातोपाटीलाई प्राप्त उक्त पत्रमा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेल बहादुर पाण्डेले ‘केही कुरा बुझ्नपर्ने भएकाले’ उल्लेख गर्दैै सिलवाललाई अविलम्ब उपस्थित गराउन अनुरोध गरेका छन् ।
पत्रको विवरणमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा यस कार्यालयमा दर्ता भएको मुद्धा दर्ता नम्बर २८३/०७४/०७५ मुलुकी ऐन किर्ते काजगको महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएको हुँदा निम्न स्थान वतन भएका निम्न ब्यक्तिलाई अबिलम्ब यस कार्यालयमा उपस्थित गराई अनुसन्धान कार्यमा सहयोग गरि दिन हुन अनुरोध गरिएको छ ।
निम्न :
१. जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं ४ वतन हुने झपट बहादुर सिल्वालको नाति दिल बहादुर सिल्वालको छोरा बर्ष ५५ को भु.पु. प्र.ना.म.नि नवराज सिलवाल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण