अध्यागमनको हिरासत बस्न शोभराजद्वारा अस्वीकार, केन्द्रीय कारागारमै बस्ने
सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएपनि चाल्र्स शोभराजले रिहा हुन अस्वीकार गरेका छन् । बिहीबार केन्द्रीय कारागारले शोभराजलार्य रिहा गरी अध्यागमन विभागको जिम्मा लगाउन खोजेपनि शोभराजले अध्यागमन जान अस्वीकार गरेका हुन् ।
बिहीबार साँझ परिसकेको कारण अध्यागमन कार्यालयले पनि शोभराजलाई जमानीमा छाड्ने कि प्रहरीको हिरासतमा पठाउने भन्ने निधो गर्न सकेको थिएन । जमानीमा छाड्दा शोभराज होटलमा बस्नुपर्ने भएपनि शोभराजले अध्यागमन जान अस्वीकार गरेको वरिष्ठ अधिवक्ता गोपाल सिवाकोटीले बताए । अब शुक्रबार बिहान मात्रै शोभरालाई अध्यागमन विभागको जिम्मा लगाइने भएको छ । अध्यागमन विभागले त्यसपछि उनलाई जमानीमा छाड्ने कि प्रहरीको हिरासतमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ । विभागले प्रक्रिया पूरा गरेर उनलाई फ्रान्समा डिपोर्ट गर्ने तयारी गरेको छ ।
बुधबार सर्वोच्च अदालतको संयुक्त इजलासले शोभराजलाई कारागार नियमावली २०२० को नियम २९ को उपनियम २क अन्तरगत वृद्धको सुविधा दिएर थुनामुक्त गरेको थियो । २० वर्षको कैद सजाय तोकिएका शोभराज २०६० असोज १ गते काठमाडौंको दरवारमार्गबाट पक्राउ परेका थिए ।
भक्तपुर जिल्ला अदालतले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । फैसला अनुसार शोभराज २०८० साल असोजको १ गतेसम्म जेलमा बस्नुपर्ने थियो । तर सर्वोच्च अदालतले शोभराजको उमेर पनि धेरै भइसकेको र ९५ प्रतिशत सजाय भुक्तान गरिसकेको भन्दै उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा वृद्ध कैदीले पाउने सुविधा दिएर रिहा गर्न आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण