अध्यागमनको हिरासत बस्न शोभराजद्वारा अस्वीकार, केन्द्रीय कारागारमै बस्ने

सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएपनि चाल्र्स शोभराजले रिहा हुन अस्वीकार गरेका छन् । बिहीबार केन्द्रीय कारागारले शोभराजलार्य रिहा गरी अध्यागमन विभागको जिम्मा लगाउन खोजेपनि शोभराजले अध्यागमन जान अस्वीकार गरेका हुन् ।
बिहीबार साँझ परिसकेको कारण अध्यागमन कार्यालयले पनि शोभराजलाई जमानीमा छाड्ने कि प्रहरीको हिरासतमा पठाउने भन्ने निधो गर्न सकेको थिएन । जमानीमा छाड्दा शोभराज होटलमा बस्नुपर्ने भएपनि शोभराजले अध्यागमन जान अस्वीकार गरेको वरिष्ठ अधिवक्ता गोपाल सिवाकोटीले बताए । अब शुक्रबार बिहान मात्रै शोभरालाई अध्यागमन विभागको जिम्मा लगाइने भएको छ । अध्यागमन विभागले त्यसपछि उनलाई जमानीमा छाड्ने कि प्रहरीको हिरासतमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ । विभागले प्रक्रिया पूरा गरेर उनलाई फ्रान्समा डिपोर्ट गर्ने तयारी गरेको छ ।
बुधबार सर्वोच्च अदालतको संयुक्त इजलासले शोभराजलाई कारागार नियमावली २०२० को नियम २९ को उपनियम २क अन्तरगत वृद्धको सुविधा दिएर थुनामुक्त गरेको थियो । २० वर्षको कैद सजाय तोकिएका शोभराज २०६० असोज १ गते काठमाडौंको दरवारमार्गबाट पक्राउ परेका थिए ।
भक्तपुर जिल्ला अदालतले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । फैसला अनुसार शोभराज २०८० साल असोजको १ गतेसम्म जेलमा बस्नुपर्ने थियो । तर सर्वोच्च अदालतले शोभराजको उमेर पनि धेरै भइसकेको र ९५ प्रतिशत सजाय भुक्तान गरिसकेको भन्दै उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा वृद्ध कैदीले पाउने सुविधा दिएर रिहा गर्न आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र