चोलेन्द्रमाथिको महाभियोग जीवितै छ, आउने संसद्ले निर्णय गर्छ : सरकारका प्रवक्ता

काठमाडौँ सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग कायमै रहेको बताएका छन् । संसद् सचिवालयका महासचिव भरत गौतमले जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै क्लिन चिट दिएपछि कानुनमन्त्रीको समेत जिम्मेवारी पाएका कार्कीले यस्तो बताएका हुन् ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले जबरामाथिको महाभियोग जीवितै रहेकाले अव बन्ने संसद्ले त्यसबारे निर्णय गर्ने बताए । ‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अर्को प्रतिनिधि सभामा छलफलका लागि पठाइएको हो । त्यसैले त्यो विषय जीवितै छ’, मन्त्री कार्कीको भनाइ छ । उनले महाभियोग सार्वभौम संसद्को सम्पत्ति भएको समेत बताएका छन् ।
‘महाभियोग सार्वभौम संसद्को सम्पत्ति हो । यसबारे अव आउने प्रतिनिधि सभामा छलफल भएर निर्णयमा पुर्याउँछ’, कार्कीले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला