महाभियोग सिफारिस समितिका पूर्व सभापति विष्ट भन्छन्- ‘महाभियोग निष्प्रभावी हुन सक्ने अवस्था छैन’
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथिको महाभियोग सिफारिस समितिका पूर्व सभापति रामबहादुर विष्टले महाभियोग निष्प्रभावी हुन नसक्ने बताएका छन् । संघीय संसद सचिवालयले बुधबार राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि उनी सर्वोच्च छिर्ने तयारीमा रहेका बेला विष्टले यस्तो प्रतिक्रिया दिएका हुन् । विष्ट नेतृत्वको महाभियोग सिफारिस समितिले राणालाई महाभियोग लगाउनुपर्ने आधार सहितको प्रतिवेदन पूर्व सभामुख अग्नि सापकोटालाई पठाएको थियो ।
रातोपाटीसँग कुरा गर्दै विष्टले भने ‘हामीले गर्नुपर्ने कर्तव्य पूरा गर्यौ । संविधानले दिएको अधिकार प्रयोग गरी छानविन गरेर, बयान लिएर, प्रतिवेदन बनाएर बुझायौँ । हामीले हाम्रो कार्यकाल छउञ्जेल आफ्नो काम पूरा गर्यौँ । हामीले गर्न बाँकी रहेको काम अर्को संसदले गर्न सक्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको कुरा हामीले गरेकै थियौँ । अमेरिकामा पनि यस्तो केश अझै चलिरहेको छ । त्यस आधारमा पनि यो मुद्दा निष्प्रभावी हुन सक्दैन जस्तो लाग्छ ।’
उनले यो विषयमा सरकार र अब बन्ने संसदले सोच्नुपर्ने विषय रहेको उनले बताए । उनले अगाडि नै टुङ्गोमा पुग्न नसक्दा अहिलेको अवस्था आएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण