महाभियोग सिफारिस समितिका पूर्व सभापति विष्ट भन्छन्- ‘महाभियोग निष्प्रभावी हुन सक्ने अवस्था छैन’

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथिको महाभियोग सिफारिस समितिका पूर्व सभापति रामबहादुर विष्टले महाभियोग निष्प्रभावी हुन नसक्ने बताएका छन् । संघीय संसद सचिवालयले बुधबार राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि उनी सर्वोच्च छिर्ने तयारीमा रहेका बेला विष्टले यस्तो प्रतिक्रिया दिएका हुन् । विष्ट नेतृत्वको महाभियोग सिफारिस समितिले राणालाई महाभियोग लगाउनुपर्ने आधार सहितको प्रतिवेदन पूर्व सभामुख अग्नि सापकोटालाई पठाएको थियो ।
रातोपाटीसँग कुरा गर्दै विष्टले भने ‘हामीले गर्नुपर्ने कर्तव्य पूरा गर्यौ । संविधानले दिएको अधिकार प्रयोग गरी छानविन गरेर, बयान लिएर, प्रतिवेदन बनाएर बुझायौँ । हामीले हाम्रो कार्यकाल छउञ्जेल आफ्नो काम पूरा गर्यौँ । हामीले गर्न बाँकी रहेको काम अर्को संसदले गर्न सक्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको कुरा हामीले गरेकै थियौँ । अमेरिकामा पनि यस्तो केश अझै चलिरहेको छ । त्यस आधारमा पनि यो मुद्दा निष्प्रभावी हुन सक्दैन जस्तो लाग्छ ।’
उनले यो विषयमा सरकार र अब बन्ने संसदले सोच्नुपर्ने विषय रहेको उनले बताए । उनले अगाडि नै टुङ्गोमा पुग्न नसक्दा अहिलेको अवस्था आएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने