सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला
शुक्रबार, ०२ मङ्सिर २०७९, ०९ : २२

ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।
शुक्रबार बिहान भेटिएको उक्त बम नेपाली सेनाको टिमले डिस्पोज गरेको एसपी सुधिर शाहीले रातोपाटीलाई जानकारी दिए ।
निर्वाचन विथोल्ने मनासायका साथ उपत्यकाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
आजै बिहान काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको थियो । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको हाे ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूनाथमा बौद्धमार्गीको घुइँचो, तस्बिरहरू
-
गेटा अस्पतालले माग्यो जनशक्ति
-
लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य
-
बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेर कहाँ र कुन परिवेशमा भनेका थिए ?
-
सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी पुनः आन्दोलनमा, सेवाप्रवाह प्रभावित
-
अभिनेत्री उषा पौडेलले अमेरिकामा गरिन् विवाह