काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला
शुक्रबार, ०२ मङ्सिर २०७९, ०८ : ३७

काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।
बूढानीलकण्ठ स्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सीताराम रिजालले रातोपाटीलाई बताए । उनले भने–‘भत्केको पुलमा कुकरमा तार जोडेर राखेको फेला परेको थियो ।’
बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् । निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?
-
स्वयम्भूनाथमा बौद्धमार्गीको घुइँचो, तस्बिरहरू
-
गेटा अस्पतालले माग्यो जनशक्ति
-
लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य
-
बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेर कहाँ र कुन परिवेशमा भनेका थिए ?