दाङमा किशोर–किशोरीको हत्या प्रकरण : ४ जना पक्राउ

दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको दाङका एसपी वीरबहादुर ओलीले रातोपाटीलाई बताए । एसपी ओलीले भने– ‘४ जनालाई पक्राउ गरेका छौं, आज सार्वजनिक गर्छौं ।’
तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
मृतक दुवै जनाको टाउकोमा चोट देखिएको छ । घटना अनुसन्धानको क्रममा प्रहरीले दमार गाउँको जंगलबाट दुईथान मोबाइल बरामद गरेको छ । घटनास्थलबाट केही पर रगत लागेको चप्पल पनि भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।
दाङमा चल्ने बसमा काम गर्ने एकजना किशोर र मृतक किशोरीसँग परिचित युवकलाई प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरिरहेको थियो । ती युवकले मृतक किशोरीको सिमकार्ड लगेर चलाएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए । मृतक असोज २७ बाट हराएका थिए ।
मृतक एउटै स्कुलका विद्यार्थी
शरद र रोशनी एउटै स्कुलमा पढ्थे । दमारगाउको अम्बिकेश्वरी स्कुलमा शरद ८ कक्षामा र रोशनी ९ कक्षामा अध्ययनरत थिइन् । उनीहरू दुई एक आपसमा नजिक रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् । लुम्बिनी प्रादेशिक अस्पतालमा शव पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
-
तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार
-
शिक्षक आन्दोलन जारी, प्रहरी धरपकडको विरोध
-
संविधान संशोधनलाई गम्भीर रूपमा लिइएन भने यो ‘पेन्डोराज् बक्स’ हुन सक्छ : प्रचण्ड
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै