दाङमा खाल्डोमा पुरेको अवस्थामा किशोर–किशोरीको शव फेला
आइतबार, ३० असोज २०७९, २१ : ०४

दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशारीको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतरा मृत अवस्थामा भेटिएका हुन् ।
तुलसीपुर–१३ घर भएका उनीहरु हराएको बारे परिवारले शनिवार प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालयका दाङका डिएसपी राजन गौतमले रातोपाटीलाई बताए । दुवैको शरिरमा चोट पटक देखिएको छ ।
शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालमा ल्याउन लागिएको डिएसपी गौतमले जानकारी दिए । पारिवारिक स्रोतका अनुसार शरद असोज २७ मा हराएका थिए । रोशनी असोज २९ देखी परिवारको सम्पर्कमा थिइनन् । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च