दाङमा खाल्डोमा पुरेको अवस्थामा किशोर–किशोरीको शव फेला
आइतबार, ३० असोज २०७९, २१ : ०४
दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशारीको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतरा मृत अवस्थामा भेटिएका हुन् ।
तुलसीपुर–१३ घर भएका उनीहरु हराएको बारे परिवारले शनिवार प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालयका दाङका डिएसपी राजन गौतमले रातोपाटीलाई बताए । दुवैको शरिरमा चोट पटक देखिएको छ ।
शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालमा ल्याउन लागिएको डिएसपी गौतमले जानकारी दिए । पारिवारिक स्रोतका अनुसार शरद असोज २७ मा हराएका थिए । रोशनी असोज २९ देखी परिवारको सम्पर्कमा थिइनन् । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण