आयोगको निर्णयविरुद्ध अदालत जाँदै कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले अदालतको ढोका ढकढक्याउने भएकी छन् । सोमबार ११ बजे आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आफूले रिट निवेदन दर्ता गराउने उनले जानकारी दिएकी हुन् ।
आयोगको शनिबार बसेको बैठकले डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । डा। कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेस भएको थियो । सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा स्पष्टीकरण कागजातहरू पठाएको थियो । बैठक भत्ता लिनु सार्वजनिक लाभको पद धारण गरेको मानिने आधारमा उम्मेदवारी खारेजको निर्णय गरेको आयोगले जनाएको छ ।
यता कार्कीले भने आफूले भदौ २८ गते निर्वाचन आयोगमा निवेदन दिएको बताएकी छन् । शनिवार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेजी गरेपछि सामाजिक सञ्जालमा लेख्दै कार्कीले आफूले उम्मेदवारी मनोनयनको २५ दिन अगाडि नै नेपाल मेडिकल काउन्सिलको पदबारे निवेदन दिएको भए पनि आयोगले सोबारे जवाफ पनि नदिएको जनाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव
-
पेस्तोल, गोली र १ सय ९ किलो गाँजासहित युवक पक्राउ
-
उदयपुर सिमेन्ट उद्योगका विषयमा समितिमा छलफल