तोसिमाले भदौ २८ मै आयोगमा निवेदन दिएको खुलासा, अब अदालत जाने
ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीले आफूले भदौ २८ गते निर्वाचन आयोगमा निवेदन दिएको बताएकी छन् । शनिवार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेजी गरेपछि सामाजिक सञ्जालमा लेख्दै कार्कीले आफूले उम्मेदवारी मनोनयनको २५ दिन अगाडि नै नेपाल मेडिकल काउन्सिलको पदबारे निवेदन दिएको भएपनि आयोगले सोबारे जवाफ पनि नदिएको जनाएकी हुन् ।
उनले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने संकेत गरेकी छन् । उनले भनेकी छन्, 'समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही विषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समयपछि आएपनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नुभन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो । यहाँनिर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टीकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखीकरणसम्म नगरी निर्णय गर्नु थप शंकास्पद हुन आउँछ ।'
उनले ललितपुर ३ मा आफ्नो पक्षमा माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्नेगरी आएको निर्णयविरुद्ध अदालत जाने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण