शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी दौडबाट डाक्टर तोसिमा आउट भएपछि ललितपुर ३ मा अब को–को छन् उम्मेदवार ?

शनिबार, १२ कात्तिक २०७९, २० : ३९
शनिबार, १२ कात्तिक २०७९

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेपछि उनी ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी रेसबाट बाहिरिएकी छन् । चिकित्सा क्षेत्रबाट राजनीतिमा होमिएकी उनको उम्मेदवारीबारे चर्चा हुँदै आएको थियो । 

यद्यपि ललितपुर क्षेत्र नम्बर ३ मा उनीबाहेक नै डेढ दर्जनको हाराहारीमा उम्मेदवार रहेका छन् । ललितपुर  ३  मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी पम्फा भुसाल र एमालेका अमृत खड्का उम्मेदवार छन् । 
 यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका निरन्जन थापा, नेपाल मजदुर किसान पार्टीका  निरज लवजू, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका  किरण शाही, मौलिक जरोकिलो पार्टीका धिरेन्द्र सोडारी, हाम्रो नेपाली पार्टीका राजा राम तण्डुकार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजेन्द्र प्रसाद ओझा, संघीय लोकतान्त्रिक राष्ट्रियका मञ्च बिष्णु कुमार लिम्बु, नेश्नलिष्ट पिपल्स पार्टीका चिरञ्जीवि सापकोटा, आमूल परिवर्तन मसिहा पार्टी नेपालका सपना महर्जन र नेपाल आमा पार्टी (एकल चुनाव चिन्ह) का कविता राईको उम्मेदवारी रहेको छ । 

यस्तै स्वतन्त्रबाट रघुनाथ के सी,  राधे श्याम खड्का, कृष्ण भक्त ब्रम्हचार्य,  चिरन थापा,  विष्णु महर्जन,  जेसन देज वैध्य र  संजय महर्जनको उम्मेदवारी रहेको छ। यो क्षेत्रमा उम्मेदवारको बाढी भएपछि मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेबीच हुने देखिएको छ । 

किन खारेज भयो तोसिमाको उम्मेदवारी ?
डा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएको र लाभको पदमा बहाल रहेको भन्दै उनको उम्मेदवारी खारेज गर्न मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेश भएको थियो ।  सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा स्पष्टीकरण  कागजातहरू पठाएको थियो ।  सोही अनुसार आयोगको शनिबार बसेको बैठकले डा कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १३२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकामा कार्कीको भने उम्मेदवारी खारेज भएको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप