बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ मा सत्ता गठबन्धनले बोकेको राष्ट्रिय जनमुक्ति पार्टीको जनमत कति ?

शुक्रबार, ११ कात्तिक २०७९, १५ : ५४
शुक्रबार, ११ कात्तिक २०७९

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापा मगरलाई सघाउने निर्णय सत्तारुढ गठबन्धनले गरेको हो । रुपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देही–२ अन्तर्गतका वडामा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा सो क्षेत्रमा नेकपा एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२० र जसपाको १८३ मत देखिन्छ ।

जबकि सो क्षेत्र अन्तर्गतका वडाबाट सत्तारुढ गठबन्धनमा रहेका दल नेपाली कांग्रेसले ३४ हजार ९५९, नेकपा माओवादी केन्द्रले ३ हजार १८८, नेकपा एकीकृत समाजवादीले एक हजार ३८२ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्र अन्तर्गत विभिन्न पालिकाका वडामा राष्ट्रिय जनमुक्ति पार्टीका वडाअध्यक्ष पदका उम्मेदवारले पाएको मत दुई हजार ७० छ । यो मतमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको मत जोड्दा ४१ हजार ५९९ मत हुन्छ । जबकि एमाले–राप्रपा–जसपा गठबन्धनसँग ३७ हजार २९० मतमात्र देखिन्छ ।

बुटवल उपमहानगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा पर्दछन् । यस्तै, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ नम्बर वडा पनि यसै क्षेत्र अन्तर्गत पर्दछन् ।​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप