मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ मा सत्ता गठबन्धन फुट्यो, जनमोर्चाले हस्ताक्षर फिर्ता लियो

शुक्रबार, ११ कात्तिक २०७९, १९ : ३६
शुक्रबार, ११ कात्तिक २०७९

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले यसअघि गरेको निर्णय उलंघन गरेको छ । सो पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय फिर्ता लिइएको उल्लेख छ । 

कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकले रुपन्देही संघीय निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको थियो । सो निर्णयसम्बन्धी हस्ताक्षरमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि संलग्न थिए । ​

​राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी पार्टीको तर्फबाट भएको हस्ताक्षर भूलबस हुन गएको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हस्ताक्षर फिर्ता लिँदै जनमोर्चाले नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय गरेको छ । 

‘हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत सार्वजनिक गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप