अपराध अनुसन्धानमा सर्वोत्कृष्ट ‘पप्पी’

नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर पुजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा पोख्त बनाउने युनिट केनाइन महाशाखामा कुकुरहरुले सामूहिक कला प्रदर्शनी गरेका छन् । अपराध अनुसन्धानमा यसवर्ष जमर्न सेफर्ड जातको ‘पप्पी’ सर्वोत्कृष्ट कुकुर ठहरिएको छ । ‘पप्पी’लाई केनाइन महाशाखाकी एसएसपी डा. देउती गुरुङले मेडल र पुरस्कार प्रदान गरिन् ।
कुकुरलाई प्रतिस्पर्धा गराउँदा बाधापारतर्फ बेल्जियन सेफर्ड जातेको रोज प्रथम भएको छ । हाईजम्पतर्फ बेल्जियन सेफर्ड रिया र दौडामा रुरु उत्कृष्ट भएको केनाइन महाशाखाका एसपी डा.रामचन्द्र सत्यालले रातोपाटीलाई बताए ।
रोज र पप्पी ट्रयाकर डग हुन् । रिया र रुरु चाहिँ ‘बम डग’ हुन् । उनीहरुलाई प्रहरीले विष्फोटक पदार्थ सम्बन्धी अनुसन्धानमा प्रयोग गर्दै आएको छ । कुकुर तिहारमा प्रहरीले रिमोट कन्ट्रोलमार्फत कुकुरलाई टाढैबाट संकेत दिएर काम गराउने कला पनि गराएको छ ।
वर्ष कुकुर ‘पप्पी’ ले २०७८ चैतमा काठमाडौंको शंकरापुर नगरपालिका–७ मा हरिबहादुर श्रेष्ठको शव पत्ता लगाएको थियो । चैत २९ मा घरबाट हराएका हरिबहादुरको कपडा सुँघाएर छाड्दा पप्पी शालिनदी किनारमा ढुंगामा रगत भएको ठाउँसम्म पुगेको थियो सो संकेतको आधारमा शालिनदीमा खोजतलास गर्दा हरिबहादुर मृत भेटिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म