प्रहरीले यसरी मनायो कुकुर तिहार, तस्बिरहरू हेर्नुहोस्
सोमबार, ०७ कात्तिक २०७९, १० : ४२

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
यता नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर तिहारको अवसरमा कुकुरलाई पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुरहरुले कला प्रदर्शनी पनि गरेका छन् । अपराध अनुसन्धानमा उत्कृष्ट ठहरिएका कुकुरलाई पुरस्कृत समेत गरिएको छ ।
कुकुर तिहार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
रेशम पक्राउ परेपछि प्रज्ञामा नाराबाजी र अन्योल, तस्बिरहरू
-
‘मधेसी र थारु नमिलुन् भनेर रेशमलाई पक्राउ गरियो’
-
दीपेन्द्र ऐरी नेतृत्वको नेपाल पहेँलोले आसिफ शेख नेतृत्वको नेपाल हरियोलाई हरायो
-
रेशम चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
-
फैसला कार्यान्वयनका लागि रेशमलाई पक्राउ गरेका हौँ : प्रहरी