क्षमताभन्दा बढी यात्रु बोक्दा बझाङ दुर्घटना, सातै जना मृतकको सनाखत

बझाङमा क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको छ । क्षमताभन्दा बढी यात्रु बोक्दा बुधबार जिल्लाको मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना भएको हो ।
क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको र १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार सुर्मादेवी मेला हेरेर घर फर्किने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकभन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा मष्टा गाउँपालिका २ का १३ वर्षीया सम्झना खडका, १५ वर्षीय रोसन खडका, १६ वर्षीय प्रचण्ड खडका, २८ वर्षीय बसन्ती धामी, ३७ वर्षीय बिरेन्द्र अधिकारी, ७ महिनाकी दत्शिका कठायत र शुक्लाफाटा ७ का झरेन्द्र बोहरा रहेका छन् ।
यस्तै घाइते हुनेमा मष्टा गाउँपालिका– २ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीय रोशनी धामी, सिंहवीर बुढा, जीप चालक ३५ वर्षीय राजेश रोकाया,४ वर्षीय सिर्जन सिंह, ११ वर्षीय अम्बिका सिंह, ५० वर्षीय सिन्किदेवि भण्डारी, २५ वर्षीय कमला कठायत, २१ वर्षीय निन्दा ओखेडा, मष्टा १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिश ओखेडा, १० वर्षीय अंकित खड्का, ७५ वर्षीय बिरबहादुर खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीय हेमन्ती सिंह रहेका छन् ।
डिएसपी भण्डारीका अनुसार घाइतेहरुमध्ये गम्भीर घाइते भएका ५ जनालाई नेपालगञ्ज रिफर गरिएको छ भने अन्य ११ जना घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा