बझाङमा जीप दुर्घटना : मृतकको संख्या ७ पुग्यो, ६ जना घाइते
बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् ।
बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । जीपमा सवार अन्य यात्रुहरूको खोजी कार्य जारी रहेकोे उनको भनाइ छ ।
सनाखत भएका मृतकहरुमा मष्टा २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का र बर्ष २८ की बसन्ती धामी रहेका छन् । बाँकी ३ जनाको सनाखत भइसकेको छैन ।
दुर्घटनामा घाइतेहरुको उद्दार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहित स्थानीय घटनास्थलमा खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण