मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : साना पार्टीका दुखै दुःख, अपूर्वविरुद्ध एकसाथ ४ वटा मुद्दा

बुधबार, ०२ कात्तिक २०७९, १९ : ३५
बुधबार, ०२ कात्तिक २०७९

आज २०७९ साउन कार्तिक २ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

साना पार्टीका दुःख 

‘मेरो सामुन्ने मेरो पार्टी र विचार जोगाउनुपर्ने चुनौती छ । केही समय यता मेरो राजनीतिक भविष्यलाई समाप्त पार्ने देशी–विदेशी षड्यन्त्रहरु भइरहेका छन् । विगतमा मैले राष्ट्रियताका पक्षमा लिएको अडानका कारणले मलाई राजनीतिक रुपमा समाप्त पार्न चाहने प्रयासहरुलाई परास्त गर्नुपर्ने आवश्यकता छ, जुन वास्तविकतालाई दृष्टिगत गर्दै मैले राष्ट्रवादी पार्टीको रुपमा पहिचान बनाएको नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हुँ’, राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो फेसबुक पेजमा राखेको भिडियो सन्देशमा व्यक्त गरेका विचार हुन् यी ।

 विद्यार्थीलाई झुलाउँदै पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालय (पीयू) को लापरवाहीले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् । पीयू अन्तर्गतका विभिन्न कलेज छनौट गरेका २५ जना ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) पढ्ने विद्यार्थी पढाइबाट वञ्चित भएका हुन् । 

सडक व्यापारीको बहस

काठमाडौं महानगरपालिकाले एक ठेलागाडामा व्यापार गर्ने महिलाको ठेला खोसेको कारुणिक दृश्य यतिबेला चर्चामा छ । सहरी सौन्दर्यलाई कायम राख्न भन्दै काठमाडौं महानगरपालिकाले ठेलागाडालाई सडकबाट हटाउने अभियान नै चालेको छ । यही अभियानमा महानगरले आफ्नो ठेलागाडा लैजाँदा ती महिलाले फिर्ता दिन गरेको अनुनय–विनय र रोदन यतिबेला मिडिया र सामाजिक सञ्जालमा व्याप्त भएको हो । 

समानुपातिकतर्फका २८ उम्मेदवारविरुद्ध आयोगमा उजुरी

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो ।

जसपाको प्रतिबद्धतापत्र

जनता समाजवादी पार्टी नेपाल (जसपा) शासकीय स्वरुपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री व्यवस्था गर्ने प्रतिवद्धतासहित चुनावमा जाने भएको छ । 

स्मार्ट मिटर खरिद टेन्डर प्रक्रिया विवादित

स्मार्ट मिटर खरिद टेन्डरमा व्यापक चलखेलको गन्ध देखिएको छ । नेपाल विद्युत प्राधिकरण (एनईए) ले गत फागुनमा खुल्ला गरेको थ्री फेज स्मार्ट मिटर खरिद टेन्डरमा प्राधिकरणकै मिलेमतोमा योग्यता नपुगेको कम्पनीलाई टेन्डर सुम्पिएको भन्दै विवाद चुलिएको हो ।

घनश्यामको उम्मेदवारीले दबाबमा एमाले

नेकपा एमालेका महासचिव शंकर पोखरेलले केही दिनअघि एक अन्तरवार्तामा घनश्याम भुसालमाथि दलित उम्मेदवार हराउने ‘दुष्प्रयास’ गरेको आरोप लगाएका थिए । पार्टीबाट उम्मेदवार बन्न नपाएको आवेशमा आएर भुसालले एमालेबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छविलाल विश्वकर्मालाई हराउन स्वतन्त्र उम्मेदवारी दिएको पोखरेलको आरोप थियो ।

एमालेको घोषणापत्र

 नेकपा एमालेले विकास र समृद्धिका साथै तीनै तहका सरकारबीचको समन्वयलाई आधार बनाएर चुनावी घोषणापत्र ल्याउने भएको छ । मस्यौदा लेखनको काम अन्तिम चरणमा पु¥याएको सो पार्टीले तिहारपछि मात्रै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको एमाले नेताहरुको भनाइ छ ।

भक्तपुरमा लुटपाट

भक्तपुरको गठ्ठाघरस्थित श्याम बस्नेतको घरमा भदौ २५ मा बिहान ३ बजेतिर लुटपाट भयो । दुई जना युवाले पेस्तोल देखाएर लुट्न थालेपछि घरधनीले हो–हल्ला गर्न थाले । अनि, आरोपीहरू फरार भए ।

क्षितिजविरुद्ध एकसाथ ४ वटा मुद्दा दर्ता

प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिजविरुद्ध एकसाथ ४ वटा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता गराएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप