दाङमा किशोर–किशोरीको हत्या प्रकरण : घटनास्थलबाट दुईवटा मोबाइल बरामद

दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटियो । सो घटना अनुसन्धानमा प्रहरीले अहिलेसम्म कुनै ठोस सफलता हाँसिल गर्न सकेको छैन ।
तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ‘अन्यत्र हत्या गरेर घिसारेर खाल्डोमा लगेको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीसँग भने–‘हत्यामा संलग्नहरुको पहिचान भएको छ ।’ हत्यामा संलग्न आरोपीमध्येका दुईजनालाई प्रहरीले निगरानीमा राखेको छ ।
तुलसीपुर–१३ घर भएका उनीहरू हराएको बारे परिवारले शनिवार प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका दाङका डिएसपी राजन गौतमले रातोपाटीलाई बताए । मृतक दुवै जनाको टाउकोमा चोट देखिएको छ । मंगलबार दमार गाउँको जंगलबाट प्रहरीले दुई थान मोबाइल बरामद गरेको छ । घटनास्थलबाट केही पर रगत लागेको चप्पल पनि भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।
दाङमा चल्ने बसमा काम गर्ने एकजना किशोर र मृतक किशोरीसँग परिचित ‘सुशिल’ नामको युवकलाई प्रहरीले निगरानीमा राखेको छ । ति युवकले मृतक किशोरीको सिम कार्ड लगेर चलाएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए । मृतक असोज २७ बाट हराएका थिए ।
मृतक एउटै स्कुलका विद्यार्थी
शरद र रोशनी एउटै स्कुलमा पढ्थे । दमारगाउँको अम्बिकेश्वरी स्कुलमा शरद ८ कक्षामा र रोशनी ९ कक्षामा अध्ययनरत थिइन् । उनीहरू दुई एक आपसमा नजिक रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । लुम्बिनी प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना