‘विष्णु पौडेलको दबाबमा आयोगले मेरो उम्मेदवारी रद्द गर्यो’
सरकारी छात्रवृत्ति लिएको विषयलाई सरकारी सुविधा लिएको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी रद्द गरेकोमा डा.निकोलस भुसाल (कमल)ले आपत्ति जनाएका छन् । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको प्रभावमा आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको उनको आरोप छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर डा.भुसालले आफूले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको स्वतन्त्र उम्मेदवारी आयोगले षड्यन्त्र गरेर रद्द गराइएको आरोप लगाए ।
उनले भने, ‘विष्णु पौडेलले आफ्नै पार्टीका २ जना कार्यकर्ता लगाएर उजुरी हालिएको हो ।’ निर्वाचन आयोगले तपाईंको उम्मेदवारी सदर हुन्छ भनिए पनि मध्यरातमा आएर बदर गरेको उनले गुनासो पोखे । आयोगको उक्त कदमविरुद्ध आफूले आज मात्र सर्वोच्च अदालतमा रिट दिएको उनले जनाए । उनले आयोगले उम्मेदवारी खारेज गरेर आफ्नो मौलिक अधिकार हनन् गरेको टिप्पणी गरे ।
हाम्रो नेपाली पार्टीको अध्यक्ष ई.अनन्तराज घिमिरेले डा.निकोलसमाथि राज्यले अन्याय गरेको टिप्पणी गरेका छन् । देशको एक नागरिकले छात्रवृत्ति लिएकै भरमा अयोग्य उम्मेदवार बनाइएकोमा उनले आपत्ति जनाए । विद्यार्थीले आफ्नो क्षमताको आधारमा पाएको छात्रवृत्ति लिँदैमा विद्यार्थीबाट कुनै अपराध नहुने उनले तर्क गरे । त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार दिनेश खनालले डा.निकोलसको जित निश्चित भइसकेपछि उनीमाथि राष्ट्रले दमन गरेको आरोप लगाए ।
यसैगरी, स्वतन्त्र उम्मेदवार डा.अर्चनशमशेर राणाले स्वास्थ्य, शिक्षा र युवाको रक्षाको लागि उदाहरणको रूपमा डा.निकोलस उभिएको बताएका छन् । नेपाललाई आवश्यक नेतृत्वको उपयुक्त उम्मेदवार उनी भएको राणाले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता