उम्मेदवारी खारेजीविरुद्ध रुपन्देही–२ मा धर्ना
प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल भुसाल (निकोलस) को उम्मेदवारी रद्द भएपछि उनका समर्थकले शुक्रबार बुटवलमा धर्ना दिएका छन् । उम्मेदवारी खारेजीविरुद्ध रुपन्देही क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय अगाडि उनीहरूले धर्ना दिएका हुन् ।
स्वतन्त्र उम्मेदवार डा भुसाल (निकोलस) का समर्थक र लौरो अभियानका समर्थकहरूले रुपन्देही क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनको गेटमा धर्ना दिएका हुन् ।
धर्नामा निकोलसका बुबा तुलसीकुमार भुसाल, उनका दाजु सागर भुसाल लगायत उनका समर्थक र लौरो अभियानका समर्थक विभिन्न प्ले कार्ड बोकेर बसेका छन् । उनीहरूले ‘जनताको उम्मेदवारलाई न्याय दे’, ‘निर्वाचन अधिकृत हो कि आदेश पालक ?’, ‘निर्वाचन आयोग जनताको उम्मेदवार खै ?’, ‘रातारात हस्ताक्षर चोरी, राज्य संयन्त्रमा कहाँबाट आयो घुसखोरी ?’ जस्ता नारा लेखेका प्लेकार्ड प्रदर्शन गरिरहेका छन् ।
निकोलस समर्थक समूहका प्रचार विभाग प्रमुख दिपेशराज नेपालले धर्ना दिनहुँ गरिने बताए । निकोलसको उम्मेदवारी विरुद्ध टोपनाराण पौडेल नामका व्यक्तिलाई जबरजस्ती उजुरी हाल्न लगाएर उम्मेदवारी खारेज गरिएको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
