शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘विष्णु पौडेलको दबाबमा आयोगले मेरो उम्मेदवारी रद्द गर्‍यो’

शुक्रबार, २८ असोज २०७९, २१ : १५
शुक्रबार, २८ असोज २०७९

सरकारी छात्रवृत्ति लिएको विषयलाई सरकारी सुविधा लिएको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी रद्द गरेकोमा डा.निकोलस भुसाल (कमल)ले आपत्ति जनाएका छन् ।  नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको प्रभावमा आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको उनको आरोप छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर डा.भुसालले आफूले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको स्वतन्त्र उम्मेदवारी आयोगले षड्यन्त्र गरेर रद्द गराइएको आरोप लगाए ।  

उनले भने, ‘विष्णु पौडेलले आफ्नै पार्टीका २ जना कार्यकर्ता लगाएर उजुरी हालिएको हो ।’ निर्वाचन आयोगले तपाईंको उम्मेदवारी सदर हुन्छ भनिए पनि मध्यरातमा आएर बदर गरेको उनले गुनासो पोखे ।  आयोगको उक्त कदमविरुद्ध आफूले आज मात्र सर्वोच्च अदालतमा रिट दिएको उनले जनाए । उनले आयोगले उम्मेदवारी खारेज गरेर आफ्नो मौलिक अधिकार हनन् गरेको टिप्पणी गरे ।

 हाम्रो नेपाली पार्टीको अध्यक्ष ई.अनन्तराज घिमिरेले डा.निकोलसमाथि राज्यले अन्याय गरेको टिप्पणी गरेका छन् । देशको एक नागरिकले छात्रवृत्ति लिएकै भरमा अयोग्य उम्मेदवार बनाइएकोमा उनले आपत्ति जनाए ।  विद्यार्थीले आफ्नो क्षमताको आधारमा पाएको छात्रवृत्ति लिँदैमा विद्यार्थीबाट कुनै अपराध नहुने उनले तर्क गरे । त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार दिनेश खनालले डा.निकोलसको जित निश्चित भइसकेपछि उनीमाथि राष्ट्रले दमन गरेको आरोप लगाए । 

यसैगरी, स्वतन्त्र उम्मेदवार डा.अर्चनशमशेर राणाले स्वास्थ्य, शिक्षा र युवाको रक्षाको लागि उदाहरणको रूपमा डा.निकोलस उभिएको बताएका छन् । नेपाललाई आवश्यक नेतृत्वको उपयुक्त उम्मेदवार उनी भएको राणाले दाबी गरे ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप