क्राउन प्लाजा होटलमा छिरेको १० मिनेटमै युवती जलिन्

असोज २४ मा बिहान दुईजना नक्सालस्थित क्राउन प्लाजा होटलमा गए । होटलमा पुगेको १० मिनेटमा युवती जल्न थालिन् ।
उनी हुन्, चावहिल घर भएकी २३ वर्षीया फिउइ खनाल । फिउइसँगै गएका केशव रिजालले होटलमा राखिएको फायर एक्स्टिङगुइसर प्रयोग गरेर आगो निभाउने प्रयास गरेका थिए । त्यसपछि ट्याक्सी बोलाएर तत्काल उनलाई रिजालले अस्पताल लगे । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भयो ।
बिहानको घटना प्रहरीले साँझ ७ बजेतिर मात्रै जानकारी पायो । कीर्तिपुर अस्पतालमा युवतीको मृत्यु भएपछि मात्र घटनाबारे थाहा पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । फिउइको मृत्युपछि प्रहरीले बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका २६ वर्षीया केशव रिजाल र होटल संचालक ३७ वर्षीय पदम कुमार श्रेष्ठलाई पक्राउ गरेको छ । उनीहरूमाथि ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी बोहराले जानकारी दिए ।
पेट्रोल छर्केर जलिन्
घटनास्थलमा मिनरल वाटरको बोतलमा थोरै मात्रामा पेट्रोल भेटिएको छ । होटलमा जाँदा उनीहरूमध्ये एकजनाले पेट्रोल लिएर गएका थिए । सो पेट्रोल छर्केर आगो लगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ‘पेट्रोल कसले लगेको थियो भन्नेबारे अनुसन्धान हुँदै छ,’ एसएसपी बोहरा भन्छन्,‘अनुसन्धान अधिकृतले सिसिटिभी फुजेट विश्लेषण गरिरहेका छन् ।’
होटलमा प्रवेश गर्दा उनीहरु दुवैजना सहज रूपमा प्रवेश गरेका छन् । जलेपछि अस्पताल जाने बेलामा पनि युवति हिँडेरै ट्याक्सीमा चढेको सिसिटिभी फुटेजमा देखिएको छ । फिउइ र केशव प्रेम सम्बन्धमा थिए । फिउइ म्यानपावर संचालक हुन् । म्यानपावरमा एजेन्टको काम गर्ने केशवसँग फिउइ नजिकिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
मृतकका शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आएको छैन । घटनाबारे प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा