नक्सालको क्राउन प्लाजा होटलमा शंकास्पद घटना, जलेर घाइते भएकी युवतीको अस्पतालमा मृत्यु

काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा आगोले जलेकी एक युवतीको मृत्यु भएको छ । असोज २४ गते बिहान ३ः ४५ बजे होटलको कोठामै आगोमा परी चाबहिल बस्दै आएकी २३ वर्षीय युवती गम्भीर घाइते बनेकी थिइन् । सँगै कोठामा रहेका २६ वर्षीय प्रेमी केशव रिजालले उनलाई उपचारका लागि अस्पताल लगेपनि उनको मृत्यु भएको थियो ।
सोमबार बिहान पौने ४ बजे भएको घटनाका सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नदिएको भन्दै प्रहरीले होटल सञ्चालक पदमुकमार श्रेष्ठलाई समेत पक्राउ गरेको छ । सोमबार बिहान पौने ४ बजे आगो लागेकी युवतीको उपचारका लागि सुरुमा वीर अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि युवतीलाई कीर्तिपुरस्थित अस्पतालमा पुर्याइएको थियो । तर त्यहाँ पनि उनको उपचार हुन नसकी सोमबार बिहान उनको मृत्यु भएको थियो ।
युवतीको मृत्युलगत्तै प्रहरीले सँगै कोठामा रहेका जितपुर सिमरा उपमहानगरपालिका १४ स्थायी घर भएका २६ वर्षीय केशव रिजाललाई पक्राउ गरेको थियो । रिजालसँगै होटल सञ्चालक ३७ वर्षीय पदम श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार युवतीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको छ । तर युवती आँफैले आगो लगाएकी हुन् कि अरु कसैले पेट्रोल छर्केर आगो लगाएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसले पेट्रोल लिएर गयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका केशव रिजाल र युवती प्रेमी–प्रेमिका रहेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । पोष्टमार्टमका लागि युवतीको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना