अपडेटः बारामा आमा र दुई बालबालिकाको हत्या आशंका
बाराको प्रसौनी गाउँपालिकामा आमा र उनका दुईजना छोरा–छोरी मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोका घर भएका २५ वर्षीया सुजाता चौधरी र उनका दुई नाबालक छोराछोरी मृत भेटिएको बाराका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा सुजाताका १६ महिनाका छोरा राजविर चौधरी र ४ वर्षीया छोरी ताहिरा चौधरी छन् । प्रसौनी–७ स्थित डोरा खोला किनारमा भेटिएका मृतक तीनै जनाको घाँटीमा हतियारको चोट देखिएको छ । ताहिरा र राजवीरको शव भन्दा करिब ३ सय मिटर पर आमाको शव भेटिएको छ ।
यता मृतक सुजाताका पति दिपेन्द्र चौधरी एल एस न्यूरो अस्पतालमा भर्ना भएर उपचाररत छन् । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको आशंका गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ‘घटना कसरी भएको भनेर हेर्दैछौं’ एसपी बोगटीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
