बाराको प्रसौनीमा एकै परिवारका ३ जना मृत भेटिए
बुधबार, २६ असोज २०७९, १६ : ३८
बाराको प्रसौनी गाँउपालिका वडा नं ५ मा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृतकमध्ये २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रसौनी गाँउपालिका वडा नं ५ प्रस्टोका नजिकै ढोरा खोला किनार तीन जनाको शव फेला परेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन् । आज दिउँसो साढे २ बजेतिर घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण