शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टिकट र राष्ट्रियसभा सदस्य दुबै गुमेपछि खिमलाल : जोसुकै भएपनि एमालेले जित्नुपर्छ

सोमबार, २४ असोज २०७९, २० : ००
सोमबार, २४ असोज २०७९

राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएर रुपन्देही क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका खिमलाल भट्टराईको उम्मेदवारी कायम हुन सकेन । एमालेका अर्का उम्मेदवार बासुदेव घिमिरेलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि भट्टराईले जसले टिकट पाएपछि एमालेले जित्नुपर्ने प्रतिक्रिया दिए । 

रातोपाटीको जिज्ञासामा भट्राईले भने, ‘कसले आधिकारिकता दियो र पायो मलाई जानकारी छैन, जोसुकै भएपनि एमालेका उम्मेदवारले देशभरि जित्नुपर्छ ।’  एमालेले जित्नुपर्ने बाहेक अरु कुनै प्रतिक्रिया आफूसँग नभएको उनको भनाइ छ । देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा एमालेले जित्नुपर्ने उनले बताए । 

निर्वाचन निर्देशिका ०७९ को दफा १९ को (९) अनुसार एकै पार्टीका उम्मेदवारले उम्मेदवारी दिए जसले पहिले मनोनयन दर्ता गराएको हो उसैलाई आधिकारिकता दिने व्यवस्था छ । घिमिरेले आइतबार ३ : ३० बजे मनोनयन दर्ता गरेका थिए भने भट्राईले ४ : ४५ बजे दर्ता गराएका थिए ।

एमालेले सुरुमा घिमिरेलाई उम्मेदवारको टिकट दिएको थियो । सोही आधारमा उनले मनोनयन दर्ता गराएका थिए । तर, बीचमा एमाले अध्यक्ष केपी ओलीले उनको टिकट रद्द गरेर खिमलाललाई उम्मेदवार बनाउने निर्णय गरे । तर, त्यसअघि नै घिमिरेले उम्मेदवारी दर्ता गराइदिएपछि निर्वाचन आयोगले घिमिरेलाई नै आधिकारिकता दियो भने भट्टराई अलपत्र बने । 

यसैबीच ओलीको गल्तीका कारण राष्ट्रियसभाबाट एमालेले एक सिट गुमाएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप