शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही क्षेत्र नम्बर ५ मा घिमिरेलाई आधिकारिकता

सोमबार, २४ असोज २०७९, १५ : ४९
सोमबार, २४ असोज २०७९

रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका दुई उम्मेदवारमध्ये बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । राष्ट्रिय सभाबाट राजीनामा दिएर उम्मेदवार बनेका खिमलाल भट्टराईले आधिकारिकता पाउन सकेनन् ।  घिमिरेले एमालेको पत्रबाट भट्टराईले भन्दा पहिला मनोनयन दर्ता गराएको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनैलाई मान्यता दिएको हो । 

एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रष्ट रुपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए । निर्वाचन ऐन तथा निर्देशिका अनुसार पहिलो पटक दर्ता भएका  घिमिरेलाई आधिकारिकता प्रदान गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप