बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेसँग तालमेल गर्दा जसपालाई संघ–प्रदेशमा १९ सिट फाइदा

शनिबार, २२ असोज २०७९, १७ : ००
शनिबार, २२ असोज २०७९

जनता समाजवादी पार्टी (जसपा)ले एमालेसँग तालमेल गर्दा जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १५ सिट बढी पाएको छ । जसपा र एमालेबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल भएको हो । जसमा एमालेले ३५  र जसपाले १७ सिट तालमेल पाएको छ । 

यस्तै, प्रदेशसभातर्फ १ सय १२ सिटमा एमाले र जसपाबीच चुनावी तालमेल भएको छ । त्यसमा एमालेको भागमा ७० र जसपाको भाग ४२ सिट परेको छ । तालमेल नभएका निर्वाचन क्षेत्रमा दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कांग्रेसका नेताहरुका अनुसार जसपालाई सत्ता गठबन्धनमा पनि प्रतिनिधिसभातर्फ १६ सिट दिइएको थियो ।

अहिले एमालेसँग गरिएको तालमेलमा जसपाले पाएको सिट गठबन्धनमा पनि पाउने गरी छलफल भइरहेको थियो । तर जसपाबाट नेता रकम  चेम्जोङ भने  सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ १३ सिट मात्र दिएपछि एमालेसँग तालमेल गर्नु परिस्थिति बनेको बताउँछन् ।

सत्ता गठबन्धनको कार्यदल सदस्य समेत रहेका उनले रातोपाटीसँग भने, ‘हामीले २२ सिट मागेका थियौं । उता (सत्ता  गठबन्धन) १३ सिटको प्रस्ताव आयो । यसमा सहमति हुने अवस्था नभएपछि हामी गठबन्धनबाट बाहिरिएका हौं ।’ 

चेम्जोङका अनुसार कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालले जसपालाई मधेस प्रदेशमा ११, प्रदेश १  र बागमतीमा १–१ सिट दिने प्रस्ताव गरेका थिए । यस्तै प्रदेशतर्फ पनि जसपालाई २७ सिटको प्रस्ताव आएको थियो ।

उनले भने, ‘सत्ता गठबन्धनभित्र हामीले मधेस प्रदेशमा २१, प्रदेश १ मा २ र लुम्बिनीमा ४ सिट मात्र पाउने गरी सिट बाँडफाँट गर्ने लागिएको थियो ।’ घाटाको व्यपार नचाल्ने भन्दै जसपा एमालेसँग तालमेल गर्न पुगेको उनको भनाइ छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप