शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीम रावलले भने –उम्मेदवारको आधिकारिकता बुझ्दैछु, त्यसपछि बोल्छु

शुक्रबार, २१ असोज २०७९, १८ : ५१
शुक्रबार, २१ असोज २०७९

नेकपा एमालेका नेता भीम रावलले अछाम १ बाट कसले टिकट पाएको हो ? भन्ने आधिकारिकता बुझिरहेको बताएका छन् । उनले अछाम १ मा कसले टिकट पायो भन्ने आधिकारिकता पुष्टि नभएसम्म कुनै प्रतिक्रिया नदिने पनि बताए । 

रावलको निर्वाचन क्षेत्रमा एमालेले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । रावलको निर्वाचन क्षेत्रसहित सुदूरपश्चिमका प्रतिनिधि सभातर्फका सबै (१५) निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिसकेको छ । 

‘म पनि सञ्चारमाध्यमहरू हेर्दैछु । आधिकारिकता के हो भन्ने बुझ्दैछु’, रावलले रातोपाटीसँग भने, ‘वास्तविकता के हो भन्ने पुष्टि भएपछि मात्रै मैले बोल्नुपर्ने कुरा बोल्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप